सिद्धार्थ बैंकको सवा एक लाख कित्ता शेयर बिक्रीमा

१४ चैत्र २०७९, मंगलवार १०:५२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख १४ हजार ८१३ कित्ता बिक्रीमा राखिएको हो ।

बैंकका विद्यमान संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार कित्ता बिक्रीका लागि निवेदन दिएका हुन् ।

सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले आउँदो ३५ दिनभित्र के कति कित्ता लिने हो र कति मूल्य चुकाउने हो खुलाएर निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएमो म्यादसम्म पर्याप्त निवेदन नआए बैंकले शिलबन्दि बोलकबोल मार्फत् आम सर्वसाधरण र संस्थालाई सेषर बिक्री गर्ने बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*