छिमेक लघुवित्तद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु

१४ चैत्र २०७९, मंगलवार ११:००

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा करसमेत ३ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गराएको थियो । उक्त नगद लाभांश चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरिएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको आधारमा नगद लाभांशसँगै २२ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहको हितग्राही खातामा जम्मा गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*