दुईवटा शाखा कार्यालय स्थानान्तरण गर्दै नबिल बैंक

१५ चैत्र २०७९, बुधबार ११:०४

काठमाडौं । नबिल बैंक लिमिटेडले दुईवटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धम्बोजी नेपालगंज शाखा र धनगढी शाखा कार्यालय चैत १९ गते स्थानान्तरण गर्ने भएको हो ।

हाल बाँके जिल्ला नेपालगंज नगरपालिका २ स्थित भानुभक्त चोक न्युरोडमा रहेको शाखा बाँके जिल्ला नेपालगंज नगरपालिका वडा नं. ३ हालको कार्यालयबाट २ कि.मि. टाँढा स्थानान्तरण हुन लागेको हो ।

त्यस्तै, बैंकको अर्को शाखा हाल कैलाली जिल्ला धनगढी उपमहानगरपालिका ३ को बोराडाडीमा रहेको शाखा धनगढी २ हालको शाखा कार्यालयबाट ४ कि.मि. पर स्थानान्तरण हुने भएको हो ।

उक्त शाखा कार्यालयहरुका लकरमा ग्राहकहरुले कुनै टुटफुट हुने सामानहरु राखेको भएमा लकर सार्नु अगावै चैत १६ गतेसम्म साविकको शाखा कार्यालयहरुबाट निकाल्न बैंकले अनुरोध समेत गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*