एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१५ चैत्र २०७९, बुधबार १५:०४

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक एनआइसी एशिया बैंकको ३ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख रुपैयाँ र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।













