किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१९ चैत्र २०७९, आईतवार ०९:२७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १९ गत) अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २० गते बुक क्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले सर्वसाधारण तथा संस्थापक शेयरको स्वामित्व परिवर्तन गर्ने, थप सार्वजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लघुवित्तले चैत २८ गते मंगलबार, र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानिलकण्ठ, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*