नेपाल राष्ट्र बैंकले जारी गर्यो बैंक तथा वित्तीय संस्थाको लागि मार्गदर्शन (पूर्णपाठसहित)

१९ चैत्र २०७९, आईतवार १०:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता ढाँचा बमोजिमको अद्यावधिक वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि उक्त मार्गदर्शन जारी गरेको हो ।

जसमा इजाजतपत्रप्राप्त बैंक तथा संस्थाले वित्तीय साक्षरता अभिवृद्धिको लागि विभिन्न प्रकारका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्दछ । वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउँदै वित्तीय प्रणाली प्रति अभ्यस्त बनाई धेरैभन्दा धेरै नागरिकमा औपचारिक वित्तीय प्रणालीमा पहुँच पु¥याउने अभिप्रायले वित्तीय चेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुने गरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थित रूपमा योजना तयार गर्नुपर्नेछ । यसरी योजना तयार गर्दा प्रत्येक लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार परिवर्तनको लागि सैद्धान्तिक एवम् व्यावहारिक पक्ष समेटी अनुसूची १ बमोजिम चार तहमा कार्यक्रम संचालन गर्नुपर्नेछ । संस्थाको योजनाको उचित कार्यान्वयनका साथै कार्यक्रमको नियमित अनुगमन तथा रिपोर्टिङका लागि संस्थाले पूर्ण प्रतिवद्धता व्यक्त गर्नुपर्नेछ ।

Financial-Literacy-Guideline-2022

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*