लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१९ चैत्र २०७९, आईतवार १४:५३

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले ११औं साधारण सभा वैशाख ३० गते बस्नेगरी डोकेको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै सभामा संस्थाको पुँजी संरचना परिवर्तन गरि संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण तर्फको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुऱ्याउनको लागि फरक रकमलाई पुनः सर्वसाधारणमा शेयर (एफपीओ ) जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, भविष्यमा अन्य लघुवित्त संस्था प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, डीडीए गर्ने र प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पेश गर्नेछ ।

साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । साथै चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ संस्थाले  वैशाख १४ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ वैशाख १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*