लघुवित्तहरुको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकद्वारा सुझाव पेश गर्न आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको वर्तमान समस्या समाधान गर्न आवश्यक सुझाव पेश गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव माग गरेको हो ।
राष्ट्र बैंकको संचालक समितिको बैठकले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न गठन गरेको समितिले सुझव माग गरेको हो ।
समितिले अध्ययन कार्य प्रारम्भ गरेको जानकारी दिदै यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव दिन आग्रह गरेको हो । समितिले mाष्कक२लचद.यचन.लउ मा ईमेल गरेर २०८० बैशाख २० गते भित्र सुझाव पठाई सहयोग गर्न आग्रह गरेको हो ।












