यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

११ बैशाख २०८०, सोमबार १५:०४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेप्से सूचक २.२७ अंकले बढेर १८८८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने खासै उकालो लाग्न सकेको छैन । आज शेयरबजारमा जम्मा ७५ करोड १३ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।

सर्वाधिक कालिञ्चोक दर्शन लिमिटेडको ८ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ९९ लाख, नबिल बैंकको २ करोड १५ लाख, एनआइसी एशिया बैंकको १ करोड ८९ लाख र हिमालयन डिष्टिलरीको १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*