नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत

११ बैशाख २०८०, सोमबार १७:०८

काठमाडौं । नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू। १० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।

२०८५ ‘छ’ नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि वार्षिक ८ दशमलव ८७ प्रतिशत ब्याजदरमा २०७९ चैत २२ गते निष्कासन गरिएको थियो । यसको साँवा भुक्तानी २०८५ चैत २२ गते हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*