शेयरबजारमा छायो हरियाली, १२ उपसूचक बढ्दा समेत कारोबार ८८ करोडमा सीमित

१२ बैशाख २०८०, मंगलवार १५:१५

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७ अंकले बढेर १९०५ को विन्दुमा कायम हुन पुगेको छ ।
केही दिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छैन । लगानीकर्ताहरु पुँजीबजारको अवस्था देखेर निराशाजनक अवस्थामा छन् । यसैका वाबजुत आज शेयरबजारमा जम्मा ८८ करोडमाथिको मात्रै कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २६४ कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड ०.०९ प्रतिशतले घटेको छ, भने बाँकी सबै उपसूचकमा हरियाली छाएको छ ।

सर्वाधिक आज होटल तथा पर्यटन उपसूचकको १.९२ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*