एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
१२ बैशाख २०८०, मंगलवार १५:१५

काठमाडौं । अघिलो दिन झिनो अंकले घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर १७.३६ प्रतिशतले बढेर १९०५ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा हरियाली छाएता पनि सनराइज ब्ल्युुचिप फण्डको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सनराइज फोकस्ड इक्युटि, पिपल्स् पावर, सिटिजन्स् म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।













