मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदै

१३ बैशाख २०८०, बुधबार ०५:५०

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार आइपीओ आज बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुदैछ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको थियो । यसकारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । अन्तिम दिनसम्ममा १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए ।

सोअनुसार गोलाप्रथाद्वारा आइपीअ‍ो बाँडफाँड गर्दा ९३ हजार ४९१ जनाले मात्र १०–१० कित्ता सेयर हात पार्नेछन् भने ५ जना भाग्यमानीले ११ कित्ता पाउनेछन् भने ११ लाख भन्दा बढीको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*