१३ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य हुँदा कारोबार ८४ करोडमा सीमित
१३ बैशाख २०८०, बुधबार १५:१०

काठमाडौं । बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक अंकले १३ घटेर १८९२ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ५७ हजार २८८ कित्ता शेयर किनबेच हुँदा आज ८४ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । नेप्से घटेसँगै लगानीकर्ताहरु निरुत्साही बन्दा कारोबार रकम घट्दै गइरहेको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक इन्भेष्टमेन्ट उपसूचक १.३३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.३२ प्रतिशतले घट्न पुगेको छ ।












