हिमाल दोलखा हाइड्रोपावरलाई ७५% हकप्रद जारी गर्न बोर्डको अनुमति

१४ बैशाख २०८०, बिहीबार १०:३५

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटमेडले हकप्रद सेयर निकाष्शन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति प्रदान गरेको हो ।

सेबोनले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न हिमालन दोलखालाई अनुमति प्रदान गरेको हो । हिमाल दोलखाको चुक्ता पुँजी हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

उक्त पुँजीबाट कम्पनीले ७५ प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*