रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, यी तरिकाबाट हेर्नुस रिजल्ट

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर वैशाख १३ गते बाँडफाँड गरेको हो ।
कम्पनीले सार्वजनिक निष्काशन गरेको शेयरको १० प्रतिशत अर्थात ५६ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायहरुबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुका लागि गत चैत २३ गतदेखि वैशाख ७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड गरेको हो ।
सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवदकहरुमध्ये प्रचलित कानूनबमोजिम उक्त शेयर बाँडफाँड गरिएको हो । आइपीओ बाँडफाँडसम्बन्धी नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/ तथा सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ मार्फत रिजल्ट हेर्न सकिनेछ ।












