रोट्रयाक्ट क्लबको आयोजनामा शेयर बजार सम्बन्धि तालिम सम्पन्न

१८ बैशाख २०८०, सोमबार ११:२१

काठमाडौं । भैरहवामा शेयर बजार सम्बन्धि तालिम सम्पन्न भएको छ । सो तालिम वैशाख १६ गते शनिवार भैरहवामा सम्पन्न भएको हो ।

उक्त तालिममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ बुद्ध ल्यान्ड रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी र रोट्रयाक्ट क्लब अफ वेस्टर्न सिटीको संयुक्त रूपमा आयोजना गरिएको तालिममा ३८ जना बढीको सहभागिता रहेको थियो । तालिममा भलवारी जेसिज २०२३ अध्यक्ष एवम् नेपाल पूँजी बजार लगानीकर्ता संघ लुम्बिनी प्रदेश संयोजक माधब पाण्डेयले प्रशिक्षण गरेका थिए ।

तालिममा बिरूकुमार गुप्ताले कार्यक्रमको समिक्षा गर्दै बजारका आधारभूत पक्षको जानकारी भएर लगानी गर्दा सुरक्षित लगानी हुने भन्दै आगामी दिनमा पनि यस प्रकारका तालिम उपयुक्त हुने जानकारी गराएका थिए । भैरहवामा यस प्रकारका तालिम थप आवश्यक रहेको भन्दै आयोजक सस्थालाई रो. अर्जुन सिग्देलले धन्यवाद भनेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*