नेपाल धितोपत्र बोर्डद्धारा १६ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिने निर्णय, यी हुन आशयपत्र पाउने कम्पनी

१८ बैशाख २०८०, सोमबार १४:१०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स प्रदान गर्न छनौट गरी एलओआई (आशयपत्र) प्रदान गर्ने निर्णय गरेको छ । आज विहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार १५ वटा स्टक ब्रोकर कम्पनीले धितोपत्र ब्रोक कम्पनीको लाइसेन्सको लागि एलओआई पाएका छन् । त्यस्तै एक वटा स्टक डिलर कम्पनीले पनि लाइसेन्स पाएको छ । लामो समयदेखि लगानीकर्ताहरुले माग गर्दै आएको स्टक ब्रोकर लाइसेन्सको मुद्दा अब बल्ल किनारा लाग्ने भएको छ । बोर्डले आज आशयपत्र दिएका कम्प्नीहरुले अब आवश्यक प्रक्रिया पूरा गरेपछि पूर्ण रुपमा लाइसेन्स पाउनेछन् । नेपालका सीमित धितोपत्र ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई सास्ती दिँदै, हैरानीमा पार्दै आएका थिए । नयाँ स्टक ब्रोकर कम्पनी माग्दै आन्दोलन समेत भएको थियो भने पत्रकार तथा शेयर बजार लगानीकर्ता तिलक कोइराला आमरण अनसनमै बसेका थिए ।

आज आशयपत्र पाउने कम्पनीहरु निम्न छन् ।
१. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी (स्टक डिलर)
२. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल
३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल
४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल
१५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल
१६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

One thought on “नेपाल धितोपत्र बोर्डद्धारा १६ वटा कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिने निर्णय, यी हुन आशयपत्र पाउने कम्पनी

  1. बिकाश दाहाल says:

    कति अर्बकाे सेटिङ रैछ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*