माई खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

१९ बैशाख २०८०, मंगलवार १०:०१

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ आज मंगलबार (वैशाख १९ गते) बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार बिहान आफ्नै कार्यालय, कमलादी काठमाडौंमा आइपीओ बाँडफाँड सम्पन्न भएको हो ।

उक्त आइपीओमा मागभन्दा ११.६६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको क्यापिटलले जनाएको छ । सो आइपीओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए ।

जसमा १ लाख २६ हजार ९४१ जनाले मात्र शेयर हात पारेका छन् । बाँकी १२ लाख ४ हजार २९७ जना भने आइपीओ पाउनबाट बञ्चित भएका छन् । यस कम्पनीले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले कुल १५ लाख २९ हजार ४११ कित्ता शेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*