यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
१९ बैशाख २०८०, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
आज शेयरबजारमा जम्मा ६९ करोड २२ लाख रुपैयाामाथिको मात्रै कारोबार भएको छ । सर्वाधिक हिमालयन डिष्टिलरीको २ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको २ करोड २८ लाख, शिवम सिमेन्ट्सको २ करोड १५ लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड ३ लाख र नबिल बैंकको १ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













