झिनो अंकले घट्यो नेप्से, ७ उपसूचकमा हरियाली छाउँदा समेत कारोबार ६९ करोडमा सीमित
१९ बैशाख २०८०, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज मार्केट घटेसँगै कारोबार समेत घटेर ६९ करोडमा सीमित हुन पुगेको हो ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य रहेका छन् ।
सर्वााधिक म्युचुअल फण्ड उपसूचक ०.५४ प्रतिशतले बढेको छ भने व्यापार इन्डेक्स १.५३ प्रतिशतले घटेको छ ।












