मोदी इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?
१९ बैशाख २०८०, मंगलवार १९:५२

मोदी इनर्जीको आइपीओमा २५ करोड ९४ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आज पहिलो दिनसम्ममा २ लाख २९ हजार २०६ जना आवेदकले २५ लाख ९४ हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।केयर नेपालले २०७९ पुस ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ












