९ अंकले घट्यो नेप्से, कारोबार ६२ करोडमा सीमित

२० बैशाख २०८०, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीको २१ लाख ५५ हजार ४४८ कित्ता शेयर किनबेच हुँदा ६२ करोडको मात्रै कारोबार भएको हो । नेप्सेमा लगातार गिरावट आएसँगै आम शेयर लगानीकर्ताहरु निरुत्साही बन्दा कारोबार रकम खस्किँदै गइरहेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन उपसूचक र म्युचुअल फण्ड उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घट्न पुगेको छ । सर्वाधिक आज होटल तथा पर्यटन उपसूचकको १.४८ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*