नेप्से–३० इन्डेक्सको लागि सुझाव माग, कस्तो छ कम्पनी छनोट गर्न प्रकृया ?

२० बैशाख २०८०, बुधबार १८:१०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्सका लागि सुझाव मागेको छ ।नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन आग्रह गरेको छ।

नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा नेप्से–३० इन्डेक्स तर्जुमा गरिरहेको जनाएको छ ।

उक्त सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पु¥याउने अपेक्षा रहेको नेप्सेले जनाएको छ ।यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्ताले भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त गर्ने नेप्सेको दाबी छ ।

Nepse

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*