संसदमा भ्रष्टाचारविरुद्ध चर्को आवाज, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा कमिशनको खेल

रिना खत्री
२६ बैशाख २०८०, मंगलवार ११:३६

काठमाडौं । यही बैशाख २४ गतेबाट सुरु भएको संसदमा सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चर्को आवाज उठिरहेको छ । यही सन्दर्भमा नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्दा अर्बौ रुपैयाँ घुस सेटिङ भइरहेको चर्चा बाहिर आएको छ ।
धितोपत्र बोर्डले मागेको आवेदनमाथि तीन कम्पनीले स्टक एक्सचेञ्जको लागि बोर्डमा आवेदन दिइसकेको छ । हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् । यी तीन कम्पनीमध्ये एक कम्पनीले स्टक एक्सचेञ्जको ईजाजत पाँउछ ।

नयाँ स्टकको लाइसेन्स भ्रष्टाचाररहित वातावरणमा आउनुपर्ने माग सांसदहरुले हाल संसद भवनमा उठाईरहेका छन् । संसदमा भ्रष्टाचारको आवाज उठिरहेको बेला नयाँ स्टक एक्सचेञ्जको लाईसेन्सको कमिशनको खेल सुरु भएको छ ।
संसद्मा भटाभट भ्रष्टाचारको फाइल खोल्नुपर्ने नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सेटिङमा दिन लागेको भन्दै सांसदहरुले प्रश्न उठाइरहेका छन् । संसदमा चर्को आवाज उठिरहेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागि सरकारको शक्तिमा रहेका काग्रेस र माओवादीले यसमा ठूलो चलखेल गर्न लागेको देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी एवं नेपाली कागे्रसकी नेतृ डा. आरजु राणा देउवा र प्रधानमन्त्री पुष्प कमल दाहालकी छोरी गंगा दाहालसँग सेटिङ मिलाएर नयाँ लाइसेन्स दिन लागिएको हो । भ्रष्टाचारमाथि कडा कारवाही गर्ने र शून्यसहनशिलता अपनाउने भन्दै आएका प्रधानमन्त्री प्रचण्डकै हुर्मत लिन उनकी छोरी गंगा दाहाल कस्सिएर लागेकी छिन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई कमजोर बनाएर ब्यापारी पोस्ने गरी नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स बितरण गर्नका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आरजु राणा र गंगा दाहाललाई सेटिङ मिलाउन अर्ब भन्दा बढी घुसको डिल गरेको आरोप छ । आफै अर्बपति रमेश हमालले लाइसेन्स पाउने कम्पनीसँग घुस रकम उठाएर देशका नेता, सांसद र मन्त्रीहरुलाई अर्बौ रुपैयाँ जुटाइदिने भरियाको काम गर्दैछन् ।

यतिबेला देशको नेतृत्व गरिरहेका माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महत समेत सो सेटिङमा रहेको जनाइएको छ । गंगा दाहाल र अर्थमन्त्री मिलाउन आरजु राणालाई सेटिङ गरिसकेपछि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाउने पक्का भएको विश्वस्त स्रोतले जनाएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको ५८.६६ प्रतिशत लगानी छ । नेपाल राष्ट्र बैंकको ३४.६० र राष्ट्रिय वाणिज्य बैकको ६.१२ प्रतिशत गरी सरकारको करिव ९५ प्रतिशत प्रत्यक्ष अप्रत्यक्ष स्वामित्व भएको संस्था हो ।सरकारी संस्थालाई कमजोर बनाई यसबाट भैरहेको ब्यापार नयाँ स्टक एक्सचेन्जबाट हुनेगरी अरबौंको नीतिगत भ्रष्टाचार गरिएको छ । अर्बौैको भ्रष्टाचारमा प्रधानमन्त्री प्रचण्कै छोरी गंगा दाहाल समेत संलग्न हुनुले क्रान्तिका नायक प्रचण्डकै छविमाथि दाग लाग्नेछ ।

नेप्सेबाट सरकारले प्रतिबर्ष पाइरहेको १ अर्ब कर तथा लाभांश घटाई वित्तीय क्षेत्रमा निश्चित समूहको कब्जामा जाने उद्देश्यले नयाँ स्टक एक्सचेन्ज ल्याउने गरी कार्य भइरहेको अर्थमन्त्रालयकै अधिकारी बताउँछन् । तर, रोक्ने पक्ष अर्थमन्त्रालय समेत मौन रहँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*