शेयरबजारमा सामान्य अंकको सुधार, सबै उपसूचकमा हरियाली छाउँदा समेत कारोबार माथि उक्लिएन

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज एकाएक सामान्य अंकको सुधार देखिएको छ । मंगलबार शेयरबजार सामान्य अंकले बढ्न पुगेको हो । नेप्से सूचक १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ३२ हजार ९६४ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन । पछिल्ला केही दिनयता शेयरबजारमा एक अर्ब भन्दा मु्निको कारोबार सीमित हुन पुगेको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सधै राताम्य हुने उपसूचकहरु आज बढ्न पुगेको छ । सर्वाधिक होटल तथा पर्यटन उपसूचक १.९४ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसूचक १.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक १.०८ प्रतिशतले बढेको छ ।












