दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरिदिएको हो ।
दुई निर्जीवन बीमा कम्पनीहरुको वैशाख १७ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर कार्य सम्पन्न भई वैशाख २७ गतेदेखि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएकाले नेप्सले शेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्थाहरु एकआपसमा मर्जरमा जाने सम्बन्धी निर्देशिका २०७९ को दफा ९ (३) बमोजिम उक्त कम्पनीहरुको शेयर कारोबार वैशाख २७ गतेदेखि रोक्का गर्ने भएको हो ।












