नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
३ जेष्ठ २०८०, बुधबार १२:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल बैंक लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल बैंकको २ प्रतिशत दरका कुल २८ लाख ८१ हजार १८० कित्ता र फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत दरका कुल २१ लाख ११ हजार १२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।












