आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३ जेष्ठ २०८०, बुधबार १५:१६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार दोहोरो अंकले बढेतापनि माइखोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ । त्यस्तै, युनिक्यु नेपाल लघुवित्त, नेपाल बैंक डिभेन्चर २०८७, नेपाल इन्भेष्टमेन्ट डिभेन्चर २०८२ लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।













