साल्ट ट्रेडिङ कर्पोरेशनको खुद नाफा १९३ प्रतिशतले बृद्धि, इपीएस कति ?

४ जेष्ठ २०८०, बिहीबार ११:११

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १९३.९५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले वस्तु बिक्रीबाट ५ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड ९१ लाख रुपैयाँ रहेको छ । यो हिसाबले आम्दानी १७.४४ प्रतिशतले बढेको छ ।

यो अवधिमा प्रशासकीय खर्च बढेर १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च १३ करोड २४ लाख रुपैयाँमा सीमित थियो । सेयरपुँजी २५ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडाको आकार ०.१८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा जगेडामा १ अर्ब ३२ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २९.२८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ४४४.१४ रुपैयाँ रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*