आइएमई लाइफले निष्काशन गर्ने ६० करोडको आईपीओले पायो ‘ट्रिपल बी’ रेटिङ
७ असार २०७८, सोमबार १८:०३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयरबाट रेटिङ प्राप्त गरेको छ। कम्पनीको आइपीओले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग पाएको हो ।रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अव कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । आइपीओ निष्कासन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।













