नेपाल बीमा प्राधिकरणद्वारा आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

८ जेष्ठ २०८०, सोमबार ११:३२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो नगरपालिका भित्रका स्थानीयहरुमाझ बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

नेपला बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख पदम प्रसाद सोडारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा नगर प्रमुख रविक केसी, विशेष अतिथि, नगर उप–प्रमुख धन कुमारी शाही रहेका थिए ।

साथै अन्य अतिथिहरुमा वडा नं. १ का अध्यक्ष देव बहादुर घर्ती, वडा नं. २ का वडाध्यक्ष देव बहादुर यरि, वडा नं.३ का वडाध्यक्ष केशवमान वि.स., वडा नं. ४ का वडाध्यक्ष नरसिं विष्ट, वडा नं. ५ का वडाध्यक्ष घनश्याम भण्डारी, वडा नं. ६ का वडाध्यक्ष धनेश्वर शर्मा, ७ का वडाध्यक्ष अमृत बुढा, ८ का खगेन्द्र वि.स, ९ का जनक बहादुर वटाला, १० का गणेश कुमार शाह, ११ का प्रेम बहादुर पुन, १२ का खुम्मे कुसारी, १३ का टेक बहादुर थापा र १४ का हुकुम बहादुर पुन गरी सबै वडाका वडाध्यक्षहरु रहेका थिए ।

कार्यक्रममा प्राधिकरणका कर्णाली प्रदेश कार्यालयका प्रमुख सोडारीले स्वागत मन्तव्य सहित बीमाका विषयबस्तु समेटिएको संक्षिप्त प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा बीमा व्यवसायलाई व्यस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन, बीमितको हक हित संरक्षण गर्न, बीमाको बारेमा जानकारी गराई बीमाको पहुँच स्थानीय सरकारमार्फत सबै जनतासमक्ष पुर्याउन र कृषि तथा पशुपन्छी बीमाका किसानलाई आबद्ध गर्दै जोखिम न्युनीकरण गरी जीवनयापन सहज बनाउने खालका विषयहरुमा छलफल गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*