दुई होटलमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

८ जेष्ठ २०८०, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भने आज कारोबार रकम घट्न पुगेको छ । आज शेयरबजारमा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड १७ लाख, ओरियन्टल होटलको ५ करोड ३९ लाख, एनआइसी एशिया बैंकको ४ करोड ८३ लाख र राष्ट्रिय बीमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*