सानिमा माई हाइड्रोपावरद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

९ जेष्ठ २०८०, मंगलवार १०:४०

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले आफ्ना विभिन्न साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुले हालसम्म पनि बुझिलिन नआएकोले कम्पनीले एक सूचना जारी गर्दै सो लाभांश बुझिलिन भनेको हो ।

कम्पनीले चालु आव सम्मको लाभांश रकम सम्बन्धीत शेयरधनीले हालसम्म पनि बुझि नलिएको तथा हकदावी समेत नपरेकोले आफ्नो लिन बाँकी रहेको लाभांश रकम कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड, सममार्ग–१ नक्साल, काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्ने कम्पनीेले जनाएको छ ।

साथै लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि कुनै शेयरधनीले बुझि नलिएको नगद लाभांशको रकम कम्पनीको ऐन बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*