ग्लोबल आइएमई बैंकले २० वटा पुराना एटीएम मेशिन बिक्री गर्दै

२४ जेष्ठ २०८०, बुधबार १०:४९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २० वटा पुराना एटीएम मेशिनहरु बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा दर्ता रहेका २० वटा पुराना एटीएमहरु जहा जस्तो अवस्थामा छ, सोही अवस्थामा बोलपत्र मार्फत बिक्री गर्ने जनाएको हो ।

बैंकले पुतलीसडक, कान्तिपथ, अत्तरिया, बागलुङ, टाँडी, न्यूरोड, घोराही, कमलादीका दुईवटा, महाराजगंज, बर्दघाट, नेपालगंज, कमलादी, हेटौंडा, लालबन्दी, नारायणगढ, कोहलपूर, नेपालगंज, राजविराज र तिनकुने एटीएम बिक्री गर्ने भएको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति।फर्म।कम्पनी तथा संघ संस्थाहरुले बैंकको सामान्य विभाग, कमलादीमा सम्पर्क गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*