निर्जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२५ जेष्ठ २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजारमा सुधार देखिएसँगै आज २ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ८ करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख रुपैयाँ र नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













