आँखुखोला जलविद्युतको वार्षिक साधारण सभा असार २२मा, यस्ता छन् प्रस्ताव

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको निर्णयले सभा आउँदो असार २२ मा काठमाण्डौको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा आयोजना गरिएको हो । सभा विहान ११ बजेदेखि सुरु हुने छ ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।
सभाले चुक्तापुँजीको १.१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । हकप्रद शेयर जारीका लागि कम्पनीको पुँजीगत संरचनामा वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले गणेश हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्पतीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता पारित गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।












