समृद्धि फाइनान्सको ११ औं शाखा कसहामा

१३ असार २०८०, बुधबार १३:३०

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ स्थित कसहा बजारमा आफ्नो ११ औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन धनगढीमाइमर्् नगरपालिकाका प्रमुख शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्तरुपमा गरेका हुन् ।

कार्यक्रमका प्रमुख महतोले आफ्नो नगरपालिकाको विकासशील बजारको रुपमा रहेको कसहा बजारमा कुनै पनि बैंकको सुविधा नरहेको अवस्थामा यहाँको जनताले दुःख र असहजता भोग्दै आएकोमा अब बैकिङ्ग सेवासुविधाको लागि गोलबजार र धनगढी बजार जानुपर्ने दुःखबाट मुक्त भएकोमा सम्पूर्ण जनतालाई बधाई दिदै आफ्नो शाखा बिस्तार यहाँ गरिदिएकोमा संस्थालाई सम्पूर्ण नगरवासीको तर्फबाट धन्यवाद प्रकट गरे ।

कार्यक्रममा धनगढीमाई नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कसहा बजार समितिका अध्यक्षलगायत अन्य व्यवसायीले समेत आफ्नो कुरा राख्दै अन्य विभिन्न बैंक तथा वित्तीय संंस्थालाई शाखा खोल्न अनुरोध गर्दासमेत बेवास्ता गरिदिनाले अहिलेसम्म यहाँका कृषक, व्यवसायी, कर्मचारी, विद्यार्थी तथा अन्य जनताले समेत दुःख पाएको गुनासो गर्दै यहाँको जनताको आर्थिक उन्नतिको लागि आफ्नो शाखा विस्तार गरिदिएकोमा हर्षित हुँदै धन्यवाद प्रकट गरे ।
संस्थाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिए । नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल ११ वटा पुगेको छ । संस्थाको निःशुल्क मोबाइल बैंकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आईपीएस कनेक्ट आईपीएस, क्लियरिङ, आरटीजीएएसलगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*