तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१३ असार २०८०, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको पाचौ दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन हाफसेञचरी पार गरेको शेयर बजार आज ३५.३७ अंकले घटेर २१५० को बिन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजार उच्च अंंकले घटेतापनि तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्त, शुभम पावर कम्पनी लगायत अन्य दर्जनौ कम्पनीको शेयरमूल्यमा सुधार आएको छ ।












