साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको गिरावट, सबै उपसूचक राताम्मे

१७ असार २०८०, आईतवार १५:११

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३।७० अंकले घटेर दुई हजार ९७ दशमलव २९ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको एक करोड १३ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८ करोड १९ लाख ७६ हजारको कारोबार भएको छ ।
शेयरबजारमा गिरावट आएसँगै १३ वटै उपसूचकहरुमा रातो पोतिएको छ । आज सर्वाधिक माइक्रोफाइनान्स उपसूचक चार दशमलव ७५ प्रतिशतले घटेको छ । डेभलपमेन्ट बैंक उपसूचक तीन दशमलव ४८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसूचक तीन दशमलव १५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज जीवन बीमा उपसूचक एक दशमलव १९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०।९९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*