मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

१८ असार २०८०, सोमबार १०:०२

काठमाडौ । मल्टीपर्पस फाइनान्सले ४० हजार ११३ कित्ता शेयर आजदेखि बिक्रीमा ल्याएको छ । उक्त शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित संस्थाको कम्पनी सचिवको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*