हिमालयन लाइफमा लगानीकर्ताको आकर्षण बढ्दो, सिटी होटल सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
१८ असार २०८०, सोमबार १५:०७

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा गिरावट आएतापनि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य आज ५३२ रुपैयाँमा बन्द भएको छ ।
त्यस्तै, गत सातादेखि सोल्टी होटर र शिवम सिमेन्टको शेयरमा पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँ र शिवम् सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













