शेयरबजारमा गिरावट कायमै, नेप्से २१ अंकले घट्दा कारोबार भने चार अर्बमाथि

काठमाडौं । साता कारोबारको पहिलो दिन २१.३२ अंकले समग्र मूल्यसूचि नेप्से घटेपनि कारोबारमा आएको बृद्धिले शेयर बजारमा तीव्र सम्भावना देखिएको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से २१।३२ अंकले घटेसँगै दुई हजार ७५ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २७६ कम्पनीहरुको ९४ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा चार अर्ब पाँच करोड १० लाखको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै होटल तथा पर्यटन र ट्रेडिङ उपसूचक बाहेक अन्य सबै उपसूचकहरुमा रातो पोतिएको छ । होटल तथा पर्यटन उपसूचक २।०७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसूचक ०।६६ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक जीवन बीमा उपसूचक १।८३ प्रतिशत ले घटेको छ भने दोस्रोमा हाइड्रोपावर उपसूचक १।३४ प्रतिशतले घटेको छ ।












