तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१८ असार २०८०, सोमबार १५:१४

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा गिरावट आएतापनि मर्जरपश्चात कारोबारमा आएको सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त र सिटी होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सोमबार चन्द्रगिरी हिल्स, एनएलजि इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।













