एलओआई पाएका सात ब्रोकर कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने, यस्तो छ तयारी

१८ असार २०८०, सोमबार १७:०७

नयाँ धितोपत्र ब्रोकर कम्पनीहरूले असारभित्रैबाट कारोबारको तयारी थालेका छन्। नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका र नेपाल स्टक एक्सचेन्जबाट पनि आशयपत्र (एलओआई) पाएका सात कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने भएका हुन्।

बोर्डबाट ४३ वटा कम्पनीमध्ये हालसम्म दुई चरणमा गरी १८ वटा कम्पनीलाई कारोबार अनुमतिपत्र (लाइसेन्स) दिइएको छ।

लाइसेन्स पाएकामध्ये पहिलो चरणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट भोले गणेश सेक्युरिटिज क्यापिटल, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज प्रालि, सेयरप्रो सेक्युरिटिज, प्रोपर्टी विजार्ड सेक्युरिटिज र श्री क्यापिटल म्याक्स सेक्युरिटिज गरी सातवटा कम्पनीले अघिल्लो महिना नै आशयपत्र पाएका थिए।

बोर्डबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ ब्रोकर कम्पनीमध्ये शुक्रबारसम्म मात्रै १० वटा कम्पनीले नेप्सेबाट आशयपत्र पाएका छन्। शुक्रबार आशयपत्र पाएकाले भने कारोबार सुरु गर्न अझै १५ दिनभन्दा बढी लाग्नेछ। ११ मध्ये केबीएल सेक्युरिटिज नेप्सेको सम्पर्कमै आएको छैन।

नयाँ ब्रोकर लाइसेन्स नदिन संसदीय अर्थ समितिले एक हप्ता रोक्का गरेर ५ असारमा पुनः अर्को निर्देशन दिँदै फुकुवा गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*