राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजि २ अर्बमाथि, खुद बीमाशुल्क आर्जनमा सामान्य सुधार

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले मात्रै वृद्धि देखिएको छ।
गत आर्थिक बर्षको असारसम्ममा कम्पनीले ८ अर्ब ४९ करोड रुपैयाा खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा संस्थानले ८ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको खुद मुनाफा २ प्रतिशतले घटेको छ। गत अािर्थक बर्ष ७ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको संस्थानले यस त्रौमसको अवधिसम्ममा ७ करोड २ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गर्न सफल भएको छ।
कम्पनीको व्यवस्थापन खर्च अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको छ ।
जीवन बीमा कोषलाई पनि संस्थानले थप मजबुत बनाएको छ। ३७ अर्ब रहेको जीवन बीमा कोष संस्थानले बढाएर ४७ अर्ब रुपैयाँ पुराएको छ।
वित्तिय विवरणको झमेला पर्दै आएको संस्थानले करोडमा रह्दै आएको पुँजि वृद्धि गरेर २ अर्ब २ करोड रुपैयाँ पुराएको छ।













