कालिका पावर कम्पनीले डाक्यो विशेष सधारण सभा
२९ भाद्र २०८०, शुक्रबार १३:२९

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौ २८ गते अर्थात (बिहीबार) बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा कम्पनीको रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुरमा आह्वान गरेको हो । सभा बिहान ११ बजेदेखी सुरु हुनेछ ।
सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।












