प्रभु सेलेक्ट फण्डको बुक क्लोजको मिति तय

१ आश्विन २०८०, सोमबार ११:५८

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गतको प्रभु सेलेक्ट फण्डले ९.५० प्रतिशत कर सहितका दरले नगद लाभांश वितरण गर्नको लागि बुक क्लाजको मिति तय गरेको छ ।

प्रभु म्युचुअल फण्ड अन्तर्गत प्रभु क्यापिटल कम्पनी योजना व्यवस्थापक रही संचालनमा रहेको प्रभु सेलेक्ट फण्ड योजनाको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको भदौ २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७९।८० को लागि प्रभु सेलेक्ट फण्डले ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सोको प्रयोजनका लागि असोज १२ गते एक दिनको लागि प्रभु सेलेक्ट फण्डको इकाई धनी दर्ता किताब बन्द गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको असोज ११ गतेसम्म कायम इकाईधनीले उक्त लाभांश पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*