यूनियन लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

२८ असार २०७८, सोमबार ०६:३२

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण आजसम्म मात्र लगानीकर्ताले कम्पनीको आइपीओमा आवेदन दिन पाउनेछन् । कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका ालागि आइपीओ निष्काशन गरको थियो ।

कम्पनीको शेयरमा प्राथमिक शेयरमा १८ लाखभन्दा बढीले आवेदन गरेका छन् ।सिडिएससीका अनुसार आईतबार साँझसम्ममा कम्पनीकोे शेयरमा १८ लाख १४ हजार २६५ जनाले आवेदन परेको छ। उल्लेखित आवेदकबाट २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार रुपैंया बराबरको २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर माग भएको छ ।

कम्पनीले ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*