यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख बढीको आवदेन
२८ असार २०७८, सोमबार १६:५२

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ३८ हजार ले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लियरिङ्ग अनुसार आज ४ः४५ सम्ममा कम्पनीको आईपीेओमा २१ लाख ३८ हजार ३ सय ६२ जनाले ३ करोड ३८ लाख २८ हजार ६४० कित्ता शेयरका लागी आवेदन दिएका छन् । यो अन्तिम तथ्याङ्क होईन । अझै थप हुने क्लियरिङ्गले जनाएको छ।
कम्पनीको शेयरमा प्राथमिक शेयरमा १८ लाखभन्दा बढीले आवेदन गरेका छन् ।सिडिएससीका अनुसार आईतबार साँझसम्ममा कम्पनीकोे शेयरमा १८ लाख १४ हजार २६५ जनाले आवेदन परेको छ। उल्लेखित आवेदकबाट २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार रुपैंया बराबरको २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर माग भएको छ ।
कम्पनीले ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिरहेको छ ।













